निर्मला पन्तः दारी ग्याङ पोखराद्वारा साङकेतिक विरोध

पोखरा, २९ मंसिर /बलत्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्या भएको करिब चार महिना बितिसक्दा पनि वास्तविक हत्यारा सरकारले पत्ता लगाउन नसकेको भन्दै दारी ग्याङ पोखराले शुक्रबार साँझ सांकेतिक विरोध गरेको छ ।

नाराबाजी, चक्काजाम, जुलुसनै प्रदर्शन गरेर विरोध गर्ने पवृतिको अन्त्य गर्दै दारी ग्याङले सभ्य र मौन ढङ्गले सांकेतिक विरोध गरेको हो ।
पोखराको विपिचोक चिप्लेढुङ्गा आयोजना गरिएको कार्यक्रममा ६० जना युवाहरुको सहभागिता देखिन्थ्यो ।

‘सरकारको घैटोमा कहिले घाम लाग्छ ?’, ‘सरकारको दिमाखमा बत्ति कैले बोल्ने?’, के नेपालको कानुन साच्चै अन्धो छ ?’ लगायतका नाराहरु सार्वजनिक गर्दै सिम्बोलिकको रुपमा घैटो, बत्ति र तुलो लिएर आँखामा कालो पट्टी लगाइ दारी ग्याङले विरोध गरेको थियो ।

दारी ग्याङका सदस्य महेन पहारीको रचनात्मक परिकल्पनामा सांकेतिक विरोध गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पहारीले बताए ।

कमेन्टहरु
Loading...