गुठिको जग्गा व्यक्तिको नाममा लगेको बदर गर्न माग

सागर राज तिमिल्सिना
पोखरा, १२ जेठ/पोखराको नारायणस्थान मन्दिरको गुठीको नामको करोडौ रुपैयाँ जग्गा जग्गा व्यक्तिको नाममा सारेपछि समितिले विरोध गरेको छ । मन्दिरका पूजारी पुष्पराज लामिछानेले गुठीको नाममा रहेको मन्दिरको जग्गा आफ्नो नाममा नामसारी गरे पछि नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले बुधबार पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो ।

गुठिको जग्गा व्यक्तिको नाममा लगेको बदर गर्न माग
गुठिको जग्गा व्यक्तिको नाममा लगेको बदर गर्न माग

पोखरा–३ नदिपुरस्थित नारायणथान मन्दिरको साबिक छिनेडाँडा–१ हाल पोखरा १४ को कित्ता नम्बर ९७५ को ८ रोपनी ७ आना २ पैसा जग्गा रैकर देखिएको भन्दै अख्तियारले गत वैशाख ९ मा गुठी संस्थानलाई पत्राचार गरेको थियो । अख्तियारको उक्त निर्णयलाई आधार बनाई गुठी संस्थान र मालपोत कार्यालयले नारायणथानको उक्त जग्गा पुजारी पुष्पराज लामिछानेको नाममा गरिदिएका छन् । उक्त जग्गलाई हाल चलनचल्तीमा १४ करोड रुपैयाँको हाराहारी पर्छ ।

जग्गाको विषयमा २०६१ सालदेखी विवाद हुँदै आएको थियो । २०५९ साल मिनाकुमारी गुरुङको नाममा जग्गा पास गराएका लामिछानेले हाल आएर आफ्नै नाममा जग्गा नामसारी गराएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए । उनले मन्दिरको गुठीको जग्गा भएको भन्दै मन्दिर कै समितिको नाममा नाम सारी गर्न माग गरे ।

कास्की मालपोतले दाबी प्रमाणअनुसार नै पुष्पराजको नाममा जमिन नाम सारी गरेको दाबी गरेको छ । उक्त जग्गामा विवाद भएपछि संस्थानले रोक्का राखेकोमा अख्तियारले फुकुवा गरिदिन पत्राचार गरेको थियो । सरकारी संस्थानले सार्वजनिक सम्पत्ति संरक्षण गर्नु पर्नेमा निजी जग्गा हो भनेर नामसारी गरिदिएकोमा समितिको आपत्ति थियो ।

कमेन्टहरु
Loading...