निर्मला पन्तः कञ्चनपुरका ३ छाडिए, काठमाडौंबाट पक्राउ परेका यूवा थुनामा

काठमाडौं, २० मंसिर /कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे प्रहरीले शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ ।

उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको कञ्चनपुरका प्रहरीले जानकारी दिएको छ । यता काठमाडौंबाट पक्राउ परेका युवाको भने थुनामा राखेर बयान र प्राविधिक जाँच भइरहेको प्रहरीको भनाई छ ।

उच्च प्रहरी स्रोतका अनुसार ती यूवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिँदैछ । शंकाष्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती युवालाई समातेको थियो ।

४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन ।

कमेन्टहरु
Loading...