निजी विद्यालयका बसमा कोचाकोच विद्यार्थी, कार्वाहीको माग

पोखरा, १५ असोज / अखिले नेपाल विद्यार्थी संगठन अनेरास्ववियुुले पोखराका विभिन्न चोकमा निजी विद्यालयका बस चेक गरेको छ । बसमा

विद्यार्थीहरु कोचाकोच लैजाने गरेको भटिएको अनेरास्ववियुु कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

पोखराको भिमसेनचोक, पृथ्वीचोक, बिरौटा, अंमरशिह चोक, जिरोमा निजी विद्यालयका ४० वटा बसमा छड्के गरिएको उनले बताए । १५ वटा

बसमा ब्लु बुक र लाइसेन्स समातिएको र महानगर पालिका कार्यबाहक मेयर मन्जु देबि गुरुङलाई माग सहित ग्यापन पत्र र सामाग्री बुझाएको

अध्यक्ष गौतमले बताए । उनले पाँच बुदे माग राख्दै माग पुरा नगरे आन्दोलनको चेतावनी दिए ।

संगठनले विभिन्न माग राखेका छन् ।

१) यस्ता शैक्षिक संस्था भित्र भएका व्यापारीकरणको अन्त्यकालागि यस आधिकारीक तालुक अड्डा बाट छानविनको

प्रकृयामा ल्याई दोशीलाई कारवाही गर्न जोडदार माग गर्दछौँ । साथै छात्रवृत्तीको रुपमा दिदै आएको प्रतिशत

लाई वढाई कम्तीमा २०५ पुर्याउनको लागि जोडदार माग गर्दछौँ ।

२) हाम्रो संगठनले छड्के चेक जाँच गर्दा भार क्षमता भन्दा अत्याधिक वढी विद्यार्थी वोकी विद्यार्थीको भविष्य अन्योल

गराई मानव अधिकारको हनन गर्ने विद्यालय लगायतलाई कारवाही गरियोस् ।

३) स्कुल तहमा दिने छात्रावृती पारदर्सी नभएको ले पारदर्सी वनाई एक हप्ता भित्र छानविन गरि दोशि उपर कारवाही गरियोस् ।

४) वार्षिक र मासिक शुल्कमा अनियमितता भएकोले दोशि स्कुल लाई कारवाही गरियोस ।

५) विगतमा भएका सम्झौताहरु कार्वनयन गरियोस ।

अन्याथा हाम्रो यो जायज मागलाई नजरअन्दाज गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौँ ।

कमेन्टहरु
Loading...