निजी क्षेत्रलाई प्रतिस्पर्धी र व्यवसायमुखी बनाउन आवश्यक – मुख्य सचिव डा .सुवेदी

लेखनाथ, २० असार /मुख्य सचिव डा सोमलाल सुवेदीले निजी क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवसायमुखी भएर अघि वढ्न आग्रह गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस तथा २० औं वार्षिकोत्सव समारोहमा सुबेदीले अभिनन्दन समारोहलाई सम्वोधन गर्दै उनले लेखनाथलाई स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थल वनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य भएकोमा जोड दिए ।

“सवै राजनैतिक दलले साझा अवधारण लिएर अगाडि वढनुपर्छ “ उनले –विकास निर्माणमा गरिने राजनीतिले विकासको गति अघि वढ्न सत्तैmन र जनता विकासको प्रतिफल पाउनवाट वन्चित हुन्छन् । मुख्य सचिव डा . सुवेदीले अहिले देशमा पूंजीगत खर्च हुन नसकेको अवस्थामा वढी भन्दा वढी जनता लाभान्वित हुने खालका योजना स्थानिय स्तरवाटै प्रकृयाबाट आउनु पर्ने बताए ।

कार्यक्रममा सांसद यज्ञ वहादुर थापाले यस क्षेत्रको सामाजिक आर्थिक विकास लागि अवधारणा राखेका राख्दै प्रदेश नं ४ मा अन्तराष्ट्रिय संम्मेलन केन्द्र लेखनाथ मै वनाउनका लागि आफु लागि परेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संविधान कार्यान्वयन हुन सके निजी क्षेत्रका सवै समस्या समाधान हुनेमा जोड दिए ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी अञ्चल प्रतिनिधी दिपक लम्साल, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, संघका पूर्व अध्यक्ष वावुराम गिरी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारी लगायतका वक्ताहरुले लेखनाथ उद्योग वाणिज्य संघले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका वारेमा प्रस्ट पारे ।

कमेन्टहरु
Loading...