नेपालको पर्यटन नीजि क्षेत्रको काधँमा -पराजुली

पोखरा, ५ चैत/नेपालय पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका पुर्व सह सचिव उमाकान्त पराजुलीले नेपालको पर्यटन क्षेत्र नीजि क्षेत्रको काधँमा रहेको बताएका छन् । पोखरामा पृथ्वीहोटल ब्यवसायी समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पराजुलीले राज्यले पर्यटनको पुर्वधार निर्माण मात्रै गर्ने तर गुणस्तरीय सेवाको लागि नीजि क्षेत्रनै क्रियाशिल हुनु पर्ने बताए ।

राज्यले सबै क्षेत्रमा हात हाल्न नहुने बताउदै पराजुलीले पर्यटन प्रवद्धनमा राज्यले सहयोग गर्ने तर होटल पनि आफै सञ्चालन गरे नीजी क्षेत्रको अबस्था के हुने भन्दै उहाँले लगानीको बातावरण राज्यले बनाइदिने मोटर बाटो र नयाँ गन्तब्यको प्रचारप्रसार राज्यले गर्नुपर्ने बताए ।

पर्यटन ब्यवसायी एवं होटल प्रतिनिध समाजका तिलक अधिकारीले आफु लेकसाइड क्षेत्रको मात्रै होटल ब्यबसायीको प्रतिनिधि नभएर सवै होटल ब्यबसायीको प्रतिनिधि भएको भन्दै सोही अनुसार बुझिदिन आग्रह गरे । पृथ्वी होटल ब्यवसायी समितिका सस्थापक अध्यक्ष रिजन शेरचनले ब्यवसायी एक भए पछि आफुहरुमा परेका समस्या पनि विस्तारै हल भएको बताए ।

समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले आफुहरुले बार्षिक रुपमा पारिवारिक बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दे आएको बताए महासचिव बालकृष्ण निउरेको सञ्चालनमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरि प्रसाद पाण्डे र कार्यक्रम संयोजक शन्देस तिमिल्सिना लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...