Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा नेविसंघ केन्द्रिय सदस्य सहित ४ जना पक्राउ

पोखरामा नेविसंघ केन्द्रिय सदस्य सहित ४ जना पक्राउ
0

पोखरा, २२ माघ /विद्यार्थीहरु रिहाईको माग सहित आन्दोलनरत नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो पार्टी कार्यालय चिप्लेढुंगामा उनीहरुले सडक बन्द गरेर केहीबेर प्रदर्शन गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको दुईवटा गाडी नियन्त्रणमा लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा छन् । \

उनीहरुलाई बैदाम प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरको गाडी जलाईएको थियो । गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटिसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल अहिले पनि प्रहरी हिरासतमा छन् । उनीहरुको रिहाईका लागि काँग्रेस कास्कीले पनि चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

Aaha Rara Gold Cup 2019

अरु सम्बन्धित खबरहरु