नदीपुर – फूलबारी जोड्ने पुल निमार्णको अन्तिम चरणमा

गन्थन डटकम

पोखरा, १० माघ /पोखराम महानगरपालिका वडा नम्बर ३ नदीपुर र ११ फूलबारी जोड्ने पुलको निमार्ण अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखको पहिलो हप्तामा निमार्ण सक्ने निमार्ण कम्पनी हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरका संचालक ओम गौचनले जानकारी दिए ।

पुल निमार्णको ९५ प्रतिशत काम सकिएको उनको भनाई छ । ‘यही स्पिडमा काम अघि बढाउँन पायौं भने बैशाखसम्ममा निमार्ण पुरा हुन्छ,’ उनले भने । पुल निमार्णपछि स्थानीयलाई मात्र नभई मनिपाल अस्पताल पुग्ने बिरामीलाई पनि सास्ती खेप्नु नपर्ने उनको भनाई छ ।

अरु आयोजनाको काम भन्दा आफूँहरुले तिब्र गतिमा काम गरि रहेको उनले दाबी गरे । ‘अरु आयोजना भन्दा हाम्रो काम निकै तिब्र गतिमा अघि बढेको छ,’ उनले भने । १९ महिना अघि काम सुरु गरेको उनले सुनाए ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले निर्माण गरेको उक्त पुल ८० मिटर लम्वाई र ११ मिटर चौडाईको डवल लेनको हुने छ । जसमा ७ दशमलब ५ मिटर गाडी गुड्ने र बाँकी दुवै तर्फ फुटपाथ रहने छ । ११ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने पुल १८ महिना भित्रमा तयार पार्नु पर्ने भए पनि समय मै काम नसकीए पछि समय थप भएको छ ।

कमेन्टहरु
Loading...