पोखरामा नेविसंघ र प्रहरीबीच झडप, केही घाइते

पोखरा, २६ कात्तिक / पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी नेपाल विद्यार्थी संघका विद्यार्थी र प्रहरी बीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनरत नेविसंघले सोमबार क्याम्पस अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रममो झडप भएको हो ।

पुत्ला जलाउन नपाउँदै प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । ‘शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका थियौं । प्रधानमन्त्रीको पुत्ला जलाउन नपाउँदै प्रहरीले खोस्यो, एक विद्यार्थी नेताले भने –हामीले पनि त्यसको प्रतिबाद गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो । विद्यार्थीले पनि ढुंगा बर्साए ।’

नेविसंघ केन्द्रिय सदस्य गोपाल गुरुङ, पिएन क्याम्पसका सभापति रेशम हमाल, नेविसंघ नेताहरु अनिश पाण्डे र विकास खत्रीलाई सामान्य चोट लागेको छ । प्रहरीले चाहीँ घटना सामान्य भएको बताएको छ ।

कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले पुत्ला जलाउन नदिएपछि विद्यार्थीले क्याम्पस गेट भित्रबाट प्रहरीमाथी नै ढुंगामुढा प्रहार गरेको बताएका छन् ।

१४ वर्षिय

एक नेविसंघसम्बद्ध विद्यार्थीले प्रधानमन्त्री केपी ओलीको कार्टुन बनाएर सामाजिक संजालमा हालेकै भरमा राज्यले गिरफ्तार गरेर यातना दिएको भन्दै नेविसंघले विरोधको कार्यक्रम बनाएको थियो । ‘यो कस्तो खालको राज्य हो । आफूलाई लोकतान्त्रिक भन्छ तर हामीलाई लोकतान्त्रिक तवरले न बोल्न दिन्छ न त विरोध जनाउन दिन्छ । यो सरासर अधिनायकबादको सँकेत हो । त्यसैले हामीले सरकारलाई दबाब दिनका लागि यो आन्दोलनको कार्यक्रम बनाएका हौँ ।’ नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुंगले भने ।

नेविसंघले सोमबार देशव्यापी रुपमै सरकारलाई दबाब दिनका लागि एक घण्टे चक्काजामको आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । सोहि कार्यक्रम अन्तरगत नै रहेर पृथ्वीनारायण क्याम्पस गेटमा चक्काजामको आयोजना गरिएको विद्यार्थी नेता गोपाल गुरुंगले बताए ।

प्रहरीले

विद्यार्थीले जलाउने भनेर तयार पारेको पुत्ला जबरजस्ती खोसेर लगिदिएका थिए । त्यसपछि विद्यार्थीहरु अनियन्त्रित बनेको स्थानियको भनाई छ । त्यसपछि विद्यार्थीहरु राँको सहित सडकमा निस्किएका थिए । प्रहरीले पुनः विद्यार्थीलाई तितरबितर बनाएको थियो । त्यसपछि भने विद्यार्थीले क्याम्पस गेट भित्रबाट ढुंगा हान्न थालेका थिए ।

अँध्यारो भएसँगै स्थिती सामान्य भएको थियो । झडपका कारण करिब २ घण्टा सवारी व्यवस्थापनमा समस्या आएको थियो । झडप भएपनि प्रहरी र विद्यार्थी दुवैतर्फ भौतिक हानी नभएको बुझिएको छ ।

कमेन्टहरु
Loading...