मुस्ताङमा ३० वर्षपछि फेरी हावाबाट बिजुली उत्पादन

सागर राज तिमिल्सिना
मुस्ताङ, २८ साउन/मुस्ताङमा ३० वर्ष फेरी हावाबाट बिजुली उत्पादन भएको छ । मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि मुस्ताङको सदरमुकाम जोमसोम स्थीत जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली निकाली शनिवार देखि सुरु भएको हो । हावाबाट निकालीएको बिजुलीको पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरे । बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुईवटा टावरमा राखीएको पंखाबाट ३ किलो वाट विद्युत उत्पादन भएको छ ।

उत्पादीत विद्युतले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बिजुली बत्ती बाल्ने, कोठाहरु तातो बनाउने र कम्प्युटर चलाउनलाई प्रयोग हुनेछ । बुद्धपावर कम्पनीका संस्थापक स्पेनीस नागरिक राफेल भिनास पिच र नेपाली नागरीक एनआरएनका पुर्व सल्लाहकार पुष्प राज तिमिल्सिनाले खर्च गरेर निर्माण गरेका हुन् । मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भए पनि एक महिना भन्दा बढि समय टिकेको थिएन । कागबेनीमा अत्यधीक हावा चले पछि पंखा भाचिएर विद्युत उत्पादन बन्द भएको थियो ।

मुस्ताङमा ३० वर्षपछि फेरी हावाबाट बिजुली उत्पादन
मुस्ताङमा ३० वर्षपछि फेरी हावाबाट बिजुली उत्पादन

‘यो नयाँ प्रविधि हो, यो प्रविधिबाट स्पेनमा विद्युत निकाली रहेका छन्, त्यही प्रविधिलाई प्रयोग गरेका हौ,’ बुद्ध पावर कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिनाले भने–‘स्पेन कै प्रविधि प्रयोग गर्दा मुस्ताङमा पनि सफल भयो ।’ उनले ३ किलो वाट विद्युतले ६ सयवटा बत्ति बाल्न सकिने बताए । ‘पंखालाई हावाले घुम्दा विद्युत उत्पादन हुन्छ,’ उनले भने –‘उत्पादीत भएको विद्युत व्याट्रीमा सञ्चय हुन्छ, चाहिएको बेलामा बत्तीबाल्न र अन्य प्रयोगका लागि प्रयोग गर्न सकिन्छ ।’

उनले मुस्ताङमा १० वर्ष पछिका लागि ४० मेगावाट विद्युत आवश्यकता पर्ने बताए । उनले ४० मेगावाट विद्युत उत्पादनका लागि ७ अर्व खर्चलाग्ने बताए । कार्यक्रममा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोराला नाका छिटै खुल्ने बताए । ओलीले नेपाल तर्फबाट कोराला सम्म सडक बन्ने काम भइरहेको र चिन तर्फबाट पनि सडक बनिरहेका कारण छिटै नाका खुल्ने बताए । उनले हावाबाट बिजुली निकन्छ भन्दा उठाउनेलाई मुस्ताङमा आए हेर्न आग्रह गरे ।

कार्यक्रममा बुद्धपावर कम्पनीका संस्थापक राफेल भिनास पिचले जोमसोमका मौषमको जानकारी दिने उपकरण समेत राखेको जानकारी दिए । उनले मौषम विज्ञानले देखाएका पछिल्लो गति विधि पुर्व प्रधानमन्त्री ओलीलाई बुझाए ।

 

 

 

कमेन्टहरु
Loading...