माउण्ट कैलाश रिर्सोट पोखरामा सुविधा सम्पन्न स्विमिङ पुल सञ्चालन

पोखरा, ८ भदौ/विभिन्न अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानीत भएको पोखराको माउण्ट कैलाश रिसोर्टले सुविधा सम्पन्न स्विमिङ पुल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । रिसोर्टले होटलमा बास बस्ने पर्यटक तथा पोखरेली युवाहरुलाई लक्षित गरी स्विमिङ पुल सञ्चालनमा ल्याएको हो ।

केही दिनअघीदेखि सञ्चालनमा आएको स्विमिङ पुलको लम्बाई ६५ फुट र चौंडाई २९ फुट रहेको रिसोर्टका सञ्चालक नरेश भट्टराईले जानकारी दिए । स्विमिङ पुलको गहिराई साढे ३ फुटदेखी साढे ५ फुटसम्म रहेको उनले बताए । बच्चादेखि बयस्कसम्मको सबै उमेर समूहकाले स्विमिङ गर्नसक्ने उनको भनाई छ ।

हाल होटलमा बास बस्ने ‘इन हाउस गेष्ट’लाई लक्षित गरेर बनाएपनि पछि नेपाली युवा लक्षित स्विमिङ पुल स्पेसल प्याकेज ल्याउने जानकारी दिए । अहिले दैनिक करीब ३५ पर्यटकले स्विमिङ गर्नेगरेको उनले बताए । उनले भने,‘होटलमा बास बस्ने इन हाउस गेष्टले सरदर ३५ ले स्विमिङ गर्नेगरेका छन्, शनिबार र विदाका दिन भने होटलमा बास नबस्ने अन्य नेपाली पर्यटकहरु पनि स्विमिङका लागि आउने गरेका छन् ।’

पर्यटकले स्विमिङका साथमा सनबाथ लिने, त्यहिं बसेर पुस्तक पढ्ने गरेकाले उनीहरुलाई सहज होस् भन्ने उद्धेश्यले आफूले स्विमिङ पुल निर्माण गरेको स्पष्ट पारे । स्विमिङ पुलकै कारण पर्यटक बढ्ने गरेको उनको अनुभव छ । उनले भने‘अहिले पर्यटकहरु आउनेवित्तिकै स्विमिङ पुलको सुविधा छ कि छैन भनेर सोध्ने गर्छन्, छैन भन्यो भने फर्केर जानेपनि गेष्ट हुन्छन्, त्यस्ता गेष्टहरुका लागि स्विमिङ पुल निर्माण गरेको हुँ ।’

करीब ९५ लाख खर्च गरेर बनाइएको उक्त स्विमिङ पुल हेर्दापनि आकर्षक छ । इन हाउस गेष्टले निःशुल्क स्विमिङ गर्ने सुविधा पाउँछन् भने अन्यलाई प्रति व्यक्ति ७ सय ५० रुपैयाँ लिईने उनले जानकारी दिए । पोखराको चर्चित मध्येको एक माउण्ट कैलाश रिसोर्ट आउँदो असोज १ गतेदेखी आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गर्दैछ ।

कमेन्टहरु
Loading...