माउन्टेन ड्यु खादा पोखरामा एक बिरामी, बोतलमा ढुंगा भेटीयो

पोखरा, १९ असार/पोखरामा पेय पदार्थ माउन्टेन ड्यु खादा पाल्पा रामपुर ५ घर भर्इ पोखरा बस्ने सुस्मिता सेन बिरामी परेकी छन् । बिरामी परेकी सेनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ड्युमा ढुंगा समेत भेटीएको पत्रकार कमल सुबेदीले जानकारी दिए । पोखराको रामबजारमा रहेको पुष्पा नान हाउसमा दिउसो पेय पदार्थ ड्यु खादा ढुंगा भेटिएपछि कम्पनी प्रतिनिधिलार्इ खबर गरेकी थिइन ।

ड्यु खाएपछि हल्का पेट दुख्न थालेपछि उपचारका लागि मणिपाल अस्पताल गएकी थिइन् । सेनका अनुसार ड्यु खादा नराम्रो गन्ध आएको बताइन् । यस बिषयमा बुझ्न पेप्सी कम्पनीको गण्डकी धौलागिरीका कम्पनिका प्रतिनिधि बालकृष्ण सिंखडा सम्पर्कमा आउन चाहेनन् ।

बिरामीको उपचार गर्न कम्पनिका कास्की प्रतिनिधी होलीका शाह अस्पताल पुगेको सुबेदीले जानकारी दिए । ड्यु खाएपछि बिरामी सेनलार्इ फुड पोइजन भएको शंका चिकित्सकले गरेका छन् । बिराकी सेन उपचार पछि घर फर्केको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...