पोखरामा मोतिलाल सुतिरहेकै अवस्थामा मृत फेला

पोखरा, १३ बैशाख /पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।

बर्दिया जिल्ला मोतिहारी ३ बासगढी घर भई पोखरामा यात्रु छाड्न आएका स्कर्पियोका चालक मोतिलाल चौधरी बिहान मृत फेला परेका हुन् । स्थानीय शान्तिमार्ग स्थित एक घरमा सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको हो ।

बिहीबार बर्दियाबाट यात्रु लिएर पोखरा आएका थिए । पोखरा आईपुग्दा रात परेकाले यतै सुतेर विहानै ४ बजे बर्दिया फर्कने योजनामा थिए । बेलुकी चाँडै नै खाना खुवाएर घरको एउटा कोठाको

भुईंमा ओछ्यान लगाएर सुताइएका चौधरीको मृत भेटिएको प्रहरीको भनाई छ । उनको पोखरा पश्चिमाञ्च अस्पतालमा पोष्टमार्टका लागि शवलाई राखीको छ ।

कमेन्टहरु
Loading...