पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा गम्भीर घाइते

पोखरा, २६ साउन /पोखरामा गुड्दै गरेको मोटरसाइल माथी बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटर साइकल माथी बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् ।

ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा गुड्दै गर्दा बिजुलीको तार खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि पोखरा १७ बस्ने विष्णु बास्टाकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागे पछि उनको शरिरमा आगो बलेको थियो । उनले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...