नेपालमा आजदेखी १६५ वर्षपछि पुरानो मुलुकी ऐन विस्थापित (के के छन् नँया व्यवस्था)

पोखरा, १ भदौ /नेपालमा एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन आजबाट लागू हुँदै छन् ।

मुलुकी अपराध संहिता(२०७४, मुलुकी देवानी संहिता(२०७४, मुलुकी फौजदारी कार्यविधि संहिता(२०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता( २०७४ र मुलुकी देवानी कार्य्विधि संहिता( २०७४ शुक्रबारदेखि एकसाथ लागू भएका छन् ।

व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट अघिल्लो वर्ष प्रमाणीकरण भए पनि आज अर्थात भदौ १ गतेदेखि लागू भएको हो ।

सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको थियो ।

संहिता निर्माणका लागि झन्डै एक सय कानुनमा परिवर्तन गर्नुपरेको छ । संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन् ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सुरुमा विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन बनाएका थिए ।

सामान्य ब्यवस्था(बिशेषताहरु)

मुलुकी ऐन तथा अन्य कानूनमा रहेका देवानी सम्वन्धी ब्यवस्थालाई संशोधन र एकिकरण गरी समयानुकुल बनाएको छ ।

मुलुकको सबैभन्दा लामो संहिता (ऐन) (६ भाग, ५० परिच्छेद र ७२१ वटा दफा भएको)

मुलुकी देवानी (संहिता) ऐन आगामी २०७५ साल भाद्र १ गते देखि लागु हुने ।

संहितामा प्रयुक्त शब्दहरुको स्पष्ट रुपमा ब्याख्या गरिएको । (दफा २)

मुलुकी देवानी (संहिता) ऐन सामान्य कानूनको रुपमा रहेको । (दफा ३)

यो संहिता लागु भएपछि १३ वटा ऐनलाई पूर्ण रुपमा, २ वटा ऐनको दफाहरु खारेज हुनेछन भने ३६ वटा ऐनका दफालाई केही नेपाल कानूनलाई

शंशोधन, एकिकरण र समायोजन र खारेज र शंशोधन गर्ने ऐन २०७४ ले खारेज र शंशोधन गर्नेछ ।

विवाह सम्बन्धी व्यवस्था

विवाह एक स्थायी, अनतिक्रम्य तथा एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुने (दफा ६८),
कानूनको अधिनमा रही विवाह गर्ने स्वतन्त्रता हुने र त्यस्तो विबाह सार्वजनिक गराउनुपर्ने (दफा ६९)

विवाह हुन सक्ने योग्यता (दफा ७०)

महिला र पुरुषले पति पत्नीको रुपमा मन्जुरी गरेमा
दुवैको वैवाहिक सम्बन्ध कायम रहेको नभएमा
२० वर्ष उमेर पूरा भएमा

विवाह सम्बन्धी व्यवस्था
झुक्काई विवाह गर्न गराउन नहुने अवस्था (दफा ७१)

 

एचआइभी वा हेपाटाइटिस बी वा यस्तै प्रकृतिको निको नहुने कडा रोग लागेको व्यक्ति,

यौनाङ्ग नभएको, नपुंशक वा सन्तान जन्माउने क्षमता नभएको,

पूर्ण रूपमा बोल्न, सुन्‍न नसक्ने, दृष्‍टिविहीन, कुष्‍ठरोगी,

होस ठेगानामा नरहेको, विवाह भइसकेको, गर्भवती भएको,

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको।

स्वतः बदर हुने विवाह (दफा ७२)

पुरुष र महिलाको मन्जुरी नभएको र हाडनाता करणीमा सजाय हुने नाताका बीच भएको विबाह ९अपबाद ७० ९२००

यस्तो विबाह प्रारम्भ देखि नै अमान्य हुने

झुक्काई विवाह गर्न गराउन नहुने अवस्था ९दफा ७१०

एचआइभी वा हेपाटाइटिस बी। वा यस्तै प्रकृतिको निको नहुने कडा रोग लागेको व्यक्ति,

यौनाङ्ग नभएको, नपुंशक वा सन्तान जन्माउने क्षमता नभएको,

पूर्ण रूपमा बोल्न, सुन्‍न नसक्ने, दृष्‍टिविहीन, कुष्‍ठरोगी,

होस ठेगानामा नरहेको, विवाह भइसकेको, गर्भवती भएको,

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको।

स्वतः बदर हुने विवाह (दफा ७२)

पुरुष र महिलाको मन्जुरी नभएको र हाडनाता करणीमा सजाय हुने नाताका बीच भएको विबाह (अपबाद ७० (२))
यस्तो विबाह प्रारम्भ देखि नै अमान्य हुने

बदर गराउन सकिने विवाहः (दफा ७३)

२० बर्ष उमेर पूरा नभएमा
झुक्याई विवाह गरे गराएमा

शारीरिक सम्पर्कबाट शिशु जन्मेमा स्वतः विवाह भएको मानिने, ९दफा ७४० (अपवादःजबरजस्ती करणी, हाडनाता)
दर्ताद्धारा पनि विवाह हुन सक्ने (दफा ७७, ७८)

जिल्ला अदालत वा राजदुतावासमा निबेदन दिने र दर्ता हुने वा नहुने निर्णय ७ दिन भित्र दिनु पर्ने ,

विवाहको सहमति पत्र तयार गर्नुपर्ने (दफा ७९)
कमेन्टहरु
Loading...