मुग्लिनको नयाँ पुल चालउन दैनिक ९ घण्टा सडक बन्द हुने

पोखरा, १५ जेठ/पोखराको लाइफ लाइन तनहुँ र चितवन जोड्ने मुग्लिन स्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आकब्र्रिज पुलका निमार्णका लागि दिनमा ९ घण्टा बाटो बन्द हुने भएको छ ।

जेठ १६ गते बिहीबार देखी १४ दिनसम्म मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द गर्न लागेको हो । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ का अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिने विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

पुलको दुबै तर्फ सडक सतह कटिङ गरि टेवा पर्खाल लागउने तथा सडक कालोपत्र बनाउन सडक बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेबल आकब्र्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

मुग्लिन पुल चालउन दैनिक ९ घण्टा सडक बन्द हुने
मुग्लिन पुल चालउन दैनिक ९ घण्टा सडक बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट शुरु भएको थियो । नेपालको नमूना पुल भनिएको यो आकब्र्रिज निर्माण गर्न विश्व बैंकले ११ करोड सहयोग गरेको छ ।

एक सय ६० मिटर लामो यो पुल फुटपाथ सहित ११ मिटर चौडा छ । मुग्लिङ पुल हल्लने तथा विभिन्न भाग भत्किए पछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तत्कालीन प्रधानमन्त्री किर्तिनीधि बिष्टबाट २०२९ सालमा उद्घाटन भएको पुरानो पुलको आयु ५० वर्ष तोकिएको थियो । २०४६ सालसम्म दुवैतर्फ सुरक्षा गार्ड राखेर पुल एकतर्फी सञ्चालन गर्ने गरिएको थियो।

कमेन्टहरु
Loading...