मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई

पोखरा, ६ असोज /जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको मिस पोखरा २०१७ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन् । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस पोखरा नेपालमा प्रतिस्पधा गर्न पार्ने भएकी छन् । उनले उपाधी संगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जित्न सफल भएकी छन् ।

त्यसै गरि फष्ट रनरफ पुनम केसी हुन सफल भइन् । उनले फष्ट रनरअफले उपाधि संगै ३० हजार रुपैया सहित आकर्षक उपहार जित्न सफल भएकी छन् । त्यसै गरि सेकेण्ड रनर अपको उपाधि सिम्रन गुरुङले जितिन् । उनले नगद २० हजार र अन्य आकर्षक उपहार पाउन सफल भएकी छन् ।

मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई
मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई

पाँच जिल्लाका ३७ जना आवेदकहरु मध्येबाट छनोट भएका १६ जना बिच बिहीबार अन्तिम प्रतिस्पर्धा भएको थियो । सन् १९९५ देखि पोखरामा मिस पोखरा सुरु भएको हो । विजेतालाई मिस पोखरा २०१६ की बिजेता, जेसीआई पोखराका अध्यक्ष शिव प्रसाद कोइराला, जेसीआई पोखराका कार्यकारीणि उपाध्यक्ष शिव प्रसाद सापकोटाले लगाएतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...