मिस नेवाःपोखरा ११३६ को उपाधि एलिसा जोशीलाई

पोखरा, ६ चैत /नेवाः खल, कास्कीको आयोजनामा पोखरामा सम्पन्न छैठौ मिस नेवाः पोखरा नेपाल संवत ११३६ कोे उपाधि मोहरीयाटोल निवासी एलिसा जोशीले जितेकी छन् ।

मिस नेवाःपोखरा ११३६ को उपाधि एलिसा जोशीलाई
मिस नेवाःपोखरा ११३६ को उपाधि एलिसा जोशीलाई

मिस नेवाः पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धामा अन्य १८ जना प्रतिस्पधिलाई पछि पार्दै उपाधि जितेकी हुन् । त्यसै गरि रामबजार निवासी सुवि तण्डुकार फस्ट रनरफप भइन् भने सेकेण्ड रनरफप सन्ध्या श्रेष्ठ बन्न सफल भइन् ।

विजेताले ४० हजार रुपैया नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार रुपैया सहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरेका छन् । यसैगरि बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस, बेस्ट नेवारी ल्याङ्गवेज टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...