पोखरा आई पुग्यो ‘मेरो गाउँ, मेरो ठाउँ’

पोखरा, ७ फागुन/आफ्नो गाउँलाई चिनाउँने अवधारणा राखेर वि विल राइज फाउन्डेसनले सार्वजनिक गरेको भिडियो च्यालेञ्ज पोखरा आई पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला जस्ता विषयलाई समेटेर तयार पार्न सकिने वि विल राइज फाउन्डेसनका निर्देशक अनुप के बरालले जानकारी दिए । भुकम्पले सम्पूर्ण संरचना ध्वस्त पारेपछि आफ्नो पहिचान जोगाउँनको लागि मेरो गाउँ, मेरो ठाउँ अभियान मार्फत पहिचान जोगाउँन लागेको उनको भनाई छ ।

‘लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँन साथै बाहिर आउँन नसकेको ठाउँलाई चिनाउँन अभियान थालिएको हो,’ उनले भने । मेरो गाउँ, मेरो ठाउँ अभियानले आन्तरिक पर्यटनलाई टेवा पुग्नुको साथै पर्यटनका आधारहरु खोतल्नेमा विश्वस्त रहेको उनले सुनाए ।

राम्रा ठाउँहरु पनि लुकेर रहेकोले यो अभियानले त्यस्ता ठाउँलाई उजागर गर्ने १३ पटकसम्म सगरमाथा आरोहण गरेर किर्तिमानी कायम गरेका फर्वा तेन्जिङ शेर्पाले बताए । कुनै पनि कुरालाई भिडियोबाट देखाउँन सके प्रभावकारी हुने उनको भनाई छ । भुकम्प पछि नेपाल त सबै भत्केर सकियो भन्दा एकदमै नराम्रो लागेको उनले सुनाए । ‘भुकम्प पछि नेपाल सेभ छैन भनेर सुन्दा एकदमै नराम्रो लागेको थियो,’ उनले भने, ‘त्यसैले पनि यो अभियानमा लागे ।’

भिडियो अधिकतम ५ मिनेटसम्मको हुनुपर्ने फाउन्डेसनका परियोजनाकार निर्मल श्रेष्ठले जानकारी दिए । ‘मिनिमम ५ मिनेटको भिडियो हुनुपर्ने छ,’ उनले भने, ‘त्यो भन्दा लामो पनि बनाउन सक्नु हुने छ । तर, सबै भिडियो एचडि क्वालिटीको हुनु पर्ने छ । त्यो भन्दा बढी क्वालिटीको भए पनि मान्य हुने उनले सुुनाए ।

पिपुल च्वाइस बाट एक र निर्णायक बाट १ गरि दुई विधामा प्रथम पुरस्कार वितरण गरिने उनले बताए । ‘उपाधि जित्न नपर्ने व्यक्तिले उपाधि जित्यो भन्ने नहोस् भनेर प्रथम पुरस्कार दुई विधामा छुट्याएका हौं,’ उनले भने । यस्तै, प्रतियोगितामा फस्ट रनरअप हुनेले ५० हजार र सेकेन्ड रनर अप हुनेले २५ हजार पाउँने छन् । सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएको भिडियोले पनि २५ २५ हजार रुपैयाँ पाउँने छन् । जनवरि १ बाट सुरु हुने यो प्रतियोगिता ४ महिनासम्म चल्ने छ ।

यस प्रतियोगितको निर्णायकको रुपमा डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवमं चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, बरिष्ठ साउन्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन बोर्डका सिइओ दीपक जोशी रहने छन् ।

कमेन्टहरु
Loading...