विकृति विसंगति विरुद्ध पोखरामा सातमा अभियान

पोखरा, २५ मंसिर /समाज सेवा युवा क्लबको विशेष अगुवाईमा वडा नं ७ मासबार , शान्तिनगर, नुवारथोक क्षेत्रमा रहेको सम्पुर्ण सघंसंस्थाको आयोजना तथा वडा प्रहरी कार्यालय वैदामको सहकार्यमा प्रभातफेरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले सहभागी नागरिकहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिएका थिए । उनले विकृति विसंगति न्यूनीकरण गर्न स्थानीय नागरिक र संघसस्थासँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा विकृति विसंगति विरुद्ध समितिका सल्लाहकार नविनराज बराल, नागरिक समाजका पोखराका संयोजक रामबहादुर पौडेल लगायतले आफ्नो भनाई थियो ।

विकृति विसंगति विरुद्ध समितिका संयोजक अकिंत बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुगम गहन मार्ग टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी, कार्यक्रम बारे जानकारी समितिका सल्लाहकार पुरुषोत्तम रेग्मीले गरेका थिउ । कार्यक्रमको संचालन समाज सेवा युवा क्लबका सचिव अन्जु बरालले गरेकी थिइन् । कार्यक्रम सुरु हुनुभन्दा पहिला मासबार पोखरीपाटनबाट सुरुभएको प्रभातफेरी सुगम गहन मार्ग, शान्तिनगरचोक, बुलौदी हुदै मासबारको चौरमा आएर कार्यक्रममा परिवर्तन भएको थियो ।

कमेन्टहरु
Loading...