सामाजिक एकताले नै आर्थिक समृद्धिः मुख्य मन्त्री

पोखरा, १ माघ /माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार एक शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा शुख, शान्ति, समृद्धि, सुवास्थ्य तथ उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आएको मुख्य मन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नेपालमा विभिन्न जातजातिले मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एवम सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पु¥याएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।
गण्डकी प्रदेशमा रहेका सबै जातजाति भाषा, संस्कृतिका समुदायहरुकाबीच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक र सामाजिक रुपले समृद्ध प्रदेश निर्माण गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास मुख्यमन्त्रीको छ ।

कमेन्टहरु
Loading...