बिबाहको जिप दुर्घटना हुदाँ ६ जनाको मृत्यु

एजेन्सी, २७ मंसिर / पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहार नजिकै जन्ती बोकेको स्कारपियो र यात्रु बाहक बस ठोकिँदा ६ जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट बेहुली लिएर बाँके तर्फ जादै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र पश्चिम महेन्द्रनगरदेखि पूर्व तर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबहाक बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि स्कारपियोमा सवार दुलाहाका बुवा, आमा र ५ बर्षीय भतिजाको घटनास्थलमै मृत्यु भएको भएको छ । दुर्घटनामा परि राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रबिण केसीको मृत्यु भएको छ ।

त्यस्तै सोही ठाउँकै ४९ वर्षिय विश्व अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबाहदुर खत्रीको पनि मृत्यु भएको प्रहरीको भनाई छ ।

सोही दुर्घटनामा परी स्कारपियोका चालक सम्शेरगञ्जकै २१ बर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री घाईते भएका छन् ।
प्रहरीका अनुसार स्कारपियोमा जम्मा ८ जना मात्रै सवार थिए । त्यसमध्ये ६ जनाको मृत्यु भएको र दुई जना घाईते रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...