मर्दी हिमाल जादै गरेका पर्यटकको लेकलागेर मृत्यु

पोखरा, १५ असोज / थाईल्याण्डका एक पर्यटक मर्दी हिमाल जादैगर्दा लेक लागेर मृत्यु भएको छ ।

मर्दी हिमाल तर्फ जादाँ लेक लागे पछि केही तल भरेर होटलमा बसरेका थाईल्याण्डका पर्यटक ५५ बर्षिय डउङटा (DUANGTAWEESUV SOMCHAI ) को ज्यान गएको हो ।

कास्कीको अन्नपुर्ण गाउँपलिका ७ बादलडाँडामा असोज १० गते लेक लागेपछि तल झरेर होटलमा नै बसेका थिए ।

असोज १४ गते उनी मृत भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ । शवलाई काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...