स्वच्छ पानी पिउन पाउनु नागरिकको अधिकार ः उपप्रमुख गुरुङ

पोखरा, २६ असोज /पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने जिम्मेवारी र दायित्व महानगरको भएको बताएकी छन् । चैनपुर सातमुहाने खानेपानी उपभोक्ता समुह पोखरा लेखनाथ ३२ को १६ औ साधारण सभा एवं ८ औ अधिवेशनको उद्घाटन गदै उनले मानिसको स्वास्थ्यसंग गासिएको र अत्यावश्यक बस्तुका रुपमा रहेको पानीका मुहानहरुलाई सुद्धिकरण गर्नुपर्ने खाँचो औल्याइन् ।

उनले पोखरामा आउने पानीको मुहानमा जाइकाको सहयोगमा पानी शुद्धिकरणको काम हुने बताउदै चैनपुर सातमुहाने खानेपानीको मुहानलाई पनि शुद्धिकरणका लागी महानगरले आवश्यक सहयोग गर्ने बताइन् । ‘पानी मानिसको स्वास्थ्यसंग गासिएको छ, स्वच्छ पानी पीउन पाउनु महानगबासीको अधिकार हो ।’

कार्यक्रममा एमाले निवाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनीले चैनपुर सातमुहाने खानेपानी योजनाका लागी तिन करोड रुपैयाँको योजना राष्ट्रिय योजना आयोगमा पेश गरिएको बताए । उनले वडा नम्वर ३२ का बासिन्दालाई पानीको अभाव हुन नदिन र पयाप्त पानी उपलब्ध गराउन उक्त योजना पेश गरिएको बताए ।

चैनपुर सातमुहाने खानेपानी उपभोक्ता समुहका अध्यक्ष रामराज पंगेनीले एक घर एक धारा अभियान अन्र्तगत योजना सुरु गरिएको बताउदै ५ सय ५२ जना उपभोक्ता समितिमा समलग्न रहेको बताए । कार्यक्रममा उपभोक्ता शेरबहादुर शाही, लक्ष्मी अधिकारी, चन्द्रबहादुर गुरुङ र समितिका उपाध्यक्ष बृद्धिबहादुर गुरुङ लगायतले पानी अपुग हुने गरेको भन्दै अन्य स्रोतको खोजी गरि उपभोक्तालाई पानी सहज बनाउनुपर्ने धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...