मिनिट्रक दुर्घटना हुदाँ १८ को मृत्यु

काठमाडौं, २८ मंसिर /नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मिनिट्रक दुर्घटना हुदाँ १८ जनाको ज्यान गएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार भएको दूर्घटनामा परी २३ जना घाइते भएका छन् ।

मिनिट्रकमा ४० जना यात्रु सवार थिए । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै नुवाकोटको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीम भट्टराईले जानकारी दिए।

प्रहरीले केहीलाई उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ। उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या यकिन नभएको डीएसपी भट्टराईले जानकारी दिए। दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टाको दूरीमा छ।

कमेन्टहरु
Loading...