मौलिकता जगाउने गरी दशैं मनाऔंः प्रमुख जिसी

पोखरा, १ कात्तिक/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजयादशमीको अवसरमा सम्पूर्ण नगरबासी लगायत सम्पूर्णको सुख शान्ति, समृद्धि र दीर्घायूको कामना गर्नुभएको छ । रेडियो अन्नपूर्णको बहसपूर्ण कार्यक्रम आजको बैठकमा बिहीबार बोल्दै उहाँले चाडपर्वहरु हाम्रा संस्कृति र संस्कृति हाम्रो पहिचान भएकाले दशैंलाई तडकभड्क रहित बनाउन र मौलिकता जोगाउने गरी मनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले महानगरले दशैंको मौलिकता जोगाउनका लागि महानगरमा रहेका कोटको संरक्षणको साथै दशैंका मौलिक पक्षहरुलाई संरक्षण गर्ने योजना बनाएर अगाडि बढेको बताउनुभयो ।

दशैंले आफन्तजन, इस्टमित्रसँग भेटघाट गराउनुका साथै आत्मियता बढाउने गरेकोले यसलाई सोही रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले दशैंको मौलिकता विस्तारै हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले दशैंको बिदामा पोखराको विकासको साथै जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी कसरी काम गर्न सकिन्छ भन्ने चिन्तन र छलफलमा व्यस्त रहेको पनि बताउनुभयो । उहाँले यो पटक आफ्नो टीका नभएकाले परिवारसँग बसेर दशैं मनाउने पनि बताउनुभयो ।

‘जनताले खोजे जस्तो र इच्छा चाहना अनुसार काम भएको छैन, म त्यो स्वीकार गर्छु’, उहाँले भन्नुभयो,‘ तर कामै नभएको होइन, विकास र

सुशासनलाई प्राथमिकतामा राखेर महानगरले काम गरिरहेको छ ।’

पोखराको सुन्दरता जोगाउन र यहाँका पर्यटकीय स्थलहरुको संरक्षण गर्न महानगरपालिकाले दीर्घकालीन योजना बनाएर अघि बढेको

भनाइ उहाँको छ । पोखरा भित्रको सम्पूर्ण ढललाई व्यवस्थित गर्नका लागि प्रारम्भिक सर्बे भइसकेको र ३ महिनामा डिटेल प्रोजेक्ट रिपोर्ट

(डिपिआर) तयारी गरी काम अगाडि बढने जानकारी उहाँले दिनुभयो । उहाँले फेवातालमा आउने माटोलाई रोक्ने कामलाई प्राथमिकता दिएर

फेवाताल संरक्षणको काम थालिएको जानकारी दिनुभयो ।

उहाँले पालिखेचोकलाई दशैं लगत्तै व्यवस्थित गरिने पनि जानकारी दिनुभयो । ‘हामीले नीतिगत निर्णय गर्ने हो,’ मेयर जिसीले भन्नुभयो,‘

नीतिगत निर्णयलाई कार्यान्यवनमा लैजानको लागि महानगरमा दक्ष जनशक्तिको अभाव नै छ, समस्याको समाधान खोज्दै निर्र्णयलाई

कार्यान्वयन तहमा पु¥याएरै छाड्छौं ।’ लामो समय जनप्रतिनिधि विहीन भएकाले केही समय त्यसलाई सम्हाल्न र सही बाटोमा डो¥याउन

केही समय लाग्ने उहाँको भनाइ छ । विगत लामो समयदेखि समस्याको रुपमा रहेको सडक, घर निर्माण, नदी, खोला लगायतको मापदण्ड

निर्धारणको काम पनि अन्तिम चरणममा पुगेको बताउँदै मेयर जिसीले भौगोलिक र प्राविधिक हिसाबले कुनै समस्या नआउने ठाउँमा ठूला

घर निर्माणलाई अनुमति दिने गरी विधि निर्माणमा लागेको बताउनुभयो ।

‘जमीन जोगाउनु अहिले मुख्य चुनौती देखिएको छ,’उहाँले भन्नुभयो,‘भौगोलिक र प्राविधिक हिसाबले ठिक भएका ठाउँमा ठूला अपार्टमेन्ट

निर्माणलाई व्यवस्थित गरिने छ, पोखराको सुन्दरता बिगार्ने गरी ठूला घर निर्माण गर्न भने दिइँदैंन ।’ उहाँले सेती नदीलाई पर्यटकीय गन्तव्य

बनाउन लागि पनि योजना अगाडि बढेको बताउनुभयो । आगामी वर्षदेखि दशैका लागि पोखरामा ल्याइने च्यांग्रा, भेडा लगायतलाई व्यवस्थित

रुपमा बिक्री वितरणको व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो ।

कमेन्टहरु
Loading...