Ganthan News Pokhara
All news from Pokhara & around

सर्वसाधारणका लागि मनकामना मन्दिर खुला

मनकामना मन्दिर
0

गोरखा, १२ मंसिर / भूकम्पले क्षति पुगेपछि सर्वसाधारणलाई प्रबेशमा रोक लगाएको गोरखाको मनकामना मन्दिरमा बुधाबार देखी पूजाआजा शुरु गरेका छन् ।

२०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा गर्ने व्यवस्थापन मिलाइएको थियो । जगैदेखि भत्काएर मन्दिर पुनर्निर्माण गर्दा करिब १५ करोड रुपैयाँ खर्च भएका मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

मन्दिर पुनर्निर्माण गर्न सरकारले चार करोड रुपैयाँ समितिलाई दिएको थियो । प्यागोडा शैलीमा बनाइएको मन्दिरको छानामा १८ किलोग्राम सुनको जलप लगाइएको छ । तामाको पातामा सुनको जलप लगाएर मन्दिरको छानो आकर्षक बनाइएको हो ।

गोरखाका तत्कालीन राजा राम शाहकी रानीले चार सय वर्षअघि १७ औं शताब्दीमा मन्दिर बनाएको भनाई छ । विसं. १९९०, २०४५ र २०७२ का भूकम्पको धक्काबाट मन्दिर केही ढल्कीपछि पुर्ननिमार्ण गरिएको हो ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।