मनाङमा यार्सा संकलन गर्दा भिरबाट खसेर एकको मृत्यु, स्याङजामा नदीले बताएर मृत्यु

पोखरा, २५ जेठ /मनाङमा यार्सा संकलन गर्दा र स्याङजामा नदीले बगाउदा एक एक जनाको मृत्यु भएको छ ।

मनाङको नार्फा भुमी गाउँपालिका २ बस्ने ३४ बर्षिया ढोल्मा नाङ्सेङ लामा यार्सा गुम्बा संकलन गर्ने क्रममा सोहि स्थानको घ्याङ्सेङ भिरबाट खस्दा मृत्यु भएको छ । करिब ८ सय मिटर माथीबाट लड्न जाँदा निजको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी स्याङजाको कालीगण्डकी नदिले बगाउदा एक युवतीको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका २ भुरडाडा बस्ने याम वहादुर थापाको छोरी वर्ष २५ की मिना थापा नदिले बगाउदा मृत्यु भएको हो ।

निजकै दिदी सगँ कालिगण्डकी नदिको किनारमा रहेको गुठी मन्दिर घुम्न गएका बेला नदि किनारमा हातखुट्टा धुने क्रममा चिप्लीयर बगाउदा मृत्यु भएको हो । उनको शव करिब १ किलोमिटर तल मृत अवस्थामा फेला परे परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...