पोखरामा जग्गाको कारोबार बढ्दो, मालपोतले लक्ष्य भन्दा बढि राजश्व संकलन

सागर राज तिमिल्सिना
पोखरा, ९ जेठ/भूकम्प र नाकाबन्दीका कारण अन्य क्षेत्रमा असर गरे पनि पोखरामा घर जग्गा कारोबारमा भने कुनै असर नपरेको व्यवसायीहरुले बताएका छन् । अन्य व्यवसायमा भूकम्प र नाकाबन्दीका कारण कारोबार कम भए पनि यो व्यवसायमा अघिल्ला वर्ष भन्दा अझ बढि कारोबार भएको मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७०÷७१ मा ९२ करोड राजश्व उठेको, २०७१÷७२ मा ९५ करोड उठेकोमा २०७२÷७३ को वैशाख सम्ममा १ अरव १३ करोड रुपैया राजश्व उठिसकेको जानकारी दिए । उनले यस वर्षका लागि मालपोत रजिष्टेन बापत ४० करोड रुपैया उठाउने लक्ष्य लिएको भए पनि वैशाख सम्ममा ८५ करोड रुपैया उठिसकेको बताए ।

उनले दैनिक २ सय देखि ३ सय सम्म घर÷जग्गा नामसारी हुने गरेको जानकारी दिए । पोखरामा विमानस्थल निमार्णको प्रक्रिया अगाडी बढ्नु, घर जग्गाको मुल्य वृद्धि हुनु र कारोबार बढि भएका कारण राजश्वमा वृद्धि भएको बताए । उनले पोखराको हेमजा र लेखनाथ नगरपालिकामा बढि कारोबार हुने गरेको बताए । पोखरा नगर क्षेत्रमा बढि महंगो भएका कारण कम कारोबार हुने गरेको बताए ।

संघियता पछिको प्रदेश नम्बर चारको राजधानी पोखरा भएका कारण पनि घर÷जग्गाको कारोबार बढि भएको गण्डकी जग्गा तथा आवस विकास संघ कास्कीका अध्यक्ष अर्जुन पोख्रेलले बनाए । भूकम्प पछि पोखरा सुरक्षीत रहेको भन्दै घर÷जग्गा किन्न पोखरा बाहिरबाट मानिसहरु आउने गरेको बताए ।

उनले अघिल्लो वर्ष भन्दा पोखराको जग्गाको रकम सत प्रतिशतले बढेको बताए । उनले पोखरा आसपासका डाँडाको जग्गा अझ पहिलो रोजाइमा पार्ने गरेको उनको भनाई छ । पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि पनि रोजाइमा पाने गरेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...