मालपोत कार्यालय पोखराका अधिकृत ५९ हजार घुस रकम सहित पक्राउ

पोखरा, ३ भदौं / अख्तियारको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैं मंगलबार साझँ पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

अधिकृत कुँवरले जग्गाको मूल्याङ्कन कम गरी राजश्व घटाई दिए वापत सेवाग्राहीबाट पोखरा राष्ट्रबैंक चोकको एक रेष्टुरेण्टमा रकम लिएका थिए ।

रकम लिए लगत्तै अधिकृत कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...