नेपालले मलेसियालाई ७ विकेटले हरायो

फाइल तस्बिर

काठमाडौं, २८ असार /नेपाली टोलीका कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ ।

योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १- ० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल आइतबार खेल्ने छ । टी ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो । १ सय २९ रनको विजयी लक्ष्य नेपालले १८.३ ओभर ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कप्तान पारस खड्का ८६ रनमा अविजित रहे । पारस ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । टी ट्वान्टी अन्तर्राष्ट्रिय(आई) खेलमा नेपालका तर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

कमेन्टहरु
Loading...