मेलानको प्रदेश ४ अध्यक्षमा सुर्य पोख्ररेल, राजिब सम्मानीत

पोखरा, १९ कात्र्तिक /मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नम्बर ४ को पहिलो अधिबेसनले सुर्य पोख्ररेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको सचिबमा रविन्द्र बस्ताकोटी र कोषाध्यक्षमा तिलोचन लामिछाने चयर भएका छन् ।

त्यसै गरि सोही अवसरमा मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल कास्कीको पनि गठन भएको मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल प्रदेश नम्बर ४ का निवर्तमान अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । उनले सिराम लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए ।

मेलानको प्रदेश ४ अध्यक्षमा सुर्य पोख्ररेल, राजिब सम्मानीत
मेलानको प्रदेश ४ अध्यक्षमा सुर्य पोख्ररेल, राजिब सम्मानीत

कार्यक्रमको उद्घाटन गर्दै मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपालका महासचिब राजेन्द्र खड्काले स्वास्थ्य क्षेत्रमा ल्याबोटोरीको ठुलो योगदान रहेको भन्दै सरकाले अझ व्यवस्थीत र प्रविधि युक्त बनाउन सहयोग गर्नु पर्ने बताए । कार्यक्रमा पोखरामा रहेर लामो समय देखि ल्याबोटोरीमा योगदान दिएको भन्दै राजिब शरणलाई सम्मान गरेको थियो ।

कमेन्टहरु
Loading...