मकालु एअरले पोखरामा ‘माउन्टेन फ्लाइट’ सुरु गर्ने

पोखरा, १४ कात्तिक/ हुन त, पोखरा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिई रहन्छ । यहाँको सुन्दरताले लोभ्याँएर देश तथा बिदेशबाट वर्षेनी लाखौं पर्यटक आउँ छन् ।

यस्तै, पोखरामा पर्यटकिय गतिविधि बढाउँन मकालु एअरले बिमानबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखराको ‘साइड सिन’ देखाउँने सेवा सुरु गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरि सेवा सुचारु गरेको मकालु एअरका मार्केटिङ म्यानेजर समिर न्यौपानेले जानकारी दिए । ‘पोखरा आउँने पर्यटकलाई लक्षित गरेर सेवा सुरु गरेका हौं,’ न्यौपानेले भने, ‘सेवा प्रभावकारी हुनेमा आशावादि छौं ।’

विदेशी पर्यटकलाई १ सय ७५ डलर शुल्क तोकिए पनि आन्तरिक पर्यटकका लागि शुल्क निर्धारण हुँन बाकिँ रहेको उनले जानकारी दिए ।
‘होप’ नामक संस्थासँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको उनले सुनाए ।

सेवा सुचारु भए पछि पर्यटकहरु लाभान्वित हुने कम्पनीको दाबी छ । उनले अहिले जुम्लामा खाद्यान्न लैजाने काम भइरहेकोर सकिने विक्रिकै पोखरा आउने बताए ।

कमेन्टहरु
Loading...