माघे संक्रान्तीमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, २५ पुस / गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ती र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउदै आएको माघे संक्रान्तीलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक सस्था, सरकारी तथा सार्वजनीक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनीक संस्थानमा सार्वजनीक विदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघीको अवसरमा विदा दिएको छ ।

कमेन्टहरु
Loading...