पार्टी विधि र प्रकृया अनुसार चलेनः नेता नेपाल

अनशन छाडेर कार्यान्यनमा लाग्न श्रेष्ठको सुझाब

पोखरा, १२ माघ /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले नेकपा विधि र प्रक्रियामा नहिडेको बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी विधानमा जे व्यवस्था गरिएको छ त्यस अनुसार पार्टी चल्लन नसकेको बताए ।

उनले पार्टीले एक व्यक्ति एक प्रमुख कार्यकारी पदको व्यवस्था गरेपनि कारान्यन हुन नसकेको बताए । नेता नेपालले पार्टीको तल्लातहसम्मको एकीकरण प्रकृयामा ढिलाई हुँदा पार्टीलाई नोक्सान पुगेको बताए । उनले पुस महिनाभित्र जनबर्गिय संगठन र जिल्लातहको एकता गरिसक्ने योजना भएपनि पूरा हुन नसकेको भन्दै निश्चित मापदण्ड, विधि र प्रकृया अनुसार एकता गर्नु पर्ने बताए । उनल चिकित्सा शिक्षा विधेयक विधि, सहमति र समझदारी अनुसार नै ल्याएको बताए ।

नेकपाका पार्टी सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारितभएसँगै चिकित्सा क्षेत्रमा गुणस्तर सुधारको अभियान शुरु भएको बताए । उनले अनशनरत डा.गोविन्द केसीले राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
उनले डा केसीले अनशन छाडेर शिक्षा विधेयकको कार्यान्वयनको नेतृत्व लिन सुझाब दिए । उनले केसी सगँ भएको सबै सम्झौताको पालना भएको दावी गरे ।

कमेन्टहरु
Loading...