१८ वर्ष मुनिका बालबालिकालाई मादक पदार्थ सेवन र विक्रि वितरणमा रोक, पोखरमा २० पक्राउ

पोखरा, १५ मंसिर / कास्की प्रहरीले १८ वर्ष मुनिका बालबालिका मादक पदार्थ सेवानमा संलग्न रहेको भन्दै २० जनालाई पक्राउ गरेको छ । शुक्रबार राती पोखराको लेकसाइडका विभिन्न रेष्टुरेण्ट, डिस्को, बार लाएतबाट पक्राउ गरेको हो ।

१८ बर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरु बिभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साझ, डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीको सयुक्त प्रहरी टोलिले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले बताए ।

उनले अनुगमनको क्रममा बिभिन्न रष्टुरेण्ट एवं डान्सबारहरुबाट १८ बर्ष भन्दा कम उमेर समुहका करीब २० जना बालबालिकाहरुलार्इ नियन्त्रणमा लिईएको ५ जना बालिकाहरु समेत रहेको पाईएको उनले बताए । उनीहरुलाई सम्झाइ बुझाई गरी अभिभावको जिम्मा लगाएको उनले बताए ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
कमेन्टहरु
Loading...