माछापुच्छ्रेको आगनमा विश्वकपको ट्रफी

सागर राज तिमिल्सिना
पोखरा, १० कात्तिक /नेपाल टुरमा रहेको आईसिसी क्रिकेट विश्वकपको ट्रफी शनिबार विहान पोखरामा सार्वजनिक गरिएको छ ।
माछापुच्छ्रेको आगनमा चलिरहेको पोखरा प्रिमियर लिगमा र पोखराको ताल बाराही मन्दिरमा विश्वकपको ट्रफी सार्वजनिक गरिएको हो ।

नेपाली क्रिकेट राष्ट्रिय टोलीका टिम क्याप्टन पारस खड्का, ज्ञनेन्द्र मल्ल र युवा खेलाडी सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेका हुन् ।
विश्वकपको ट्रफी अघिल्लो दिन मात्रै काठमाडौंको स्वयम्भुमा सार्वजनिक गरिएको थियो ।

त्यसपछि पोखरा ल्याइएको ट्रफी पोखरा रंगशाला क्रिकेट मैदानमा ल्याइएको हो । पोखरा प्रिमियर लिगकै समयमा सार्वजनिक गरेपछि ट्रफीलाई शनिबार नै काठमाडौ लगिएको छ । ट्रफी सार्वजनिक गर्न प्रिमियर लिगमा सुरक्षाकर्मी र स्वयंसेवकले सुरक्षा प्रदान गरेका थिए ।

सन्दिप लामिछाने आईसिसी क्रिकेट विश्वकपको ट्रफी सहित
सन्दिप लामिछाने आईसिसी क्रिकेट विश्वकपको ट्रफी सहित

आईसिसी क्रिकेट विश्वकपको ट्रफी देखाउदै पारस खड्का

आईसिसी क्रिकेट विश्वकपको ट्रफी देखाउदै पारस खड्का

Posted by Ganthan.com on Friday, October 26, 2018

कमेन्टहरु
Loading...