जनता बैंक सगँको मर्जरले माछापुच्छे बैंकका संचालक बिच किचलो

पोखरा, २२ बैशाख /पोखरामा प्रधानकार्यालय रहेको माछापुच्छे« बैंकका पूर्वअध्यक्ष एवं संचालक सूर्यबहादुर केसीले मर्ज प्रक्रिया नरोक्न आग्रह गरेका छन् । माछापुच्छे« बैंक र काठमाडौमा प्रधानकार्यालय रहेको जनता बैकबीच मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको बेला मर्ज नहुने भन्ने विषय बैंक अध्यक्षबाटै सार्वजनिक भएकोले केसीले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मर्ज प्रक्रिया नरोक्न विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

माछापुच्छे बैंक
माछापुच्छे बैंक

बैक अध्यक्ष डा.वीरेन्द्र महतो, संचालक समिति र लगानीकर्ताबीच पटकपटकको छलफलपछि जनतासँग मर्ज गर्ने सहमति भएको र पत्रकार सम्मेलनबाट यसबारे जानकारी भैसकेको स्मरण गराउँदै उनले भनेका छन्, “मर्ज प्रक्रिया के, कस्तो र कस्को स्वार्थको लागि भाँड्न परेको हो ? यसमा हाम्रो घोर आपत्ति छ ।”

स्ट्याण्डर्ड फाइनान्स गाभ्ने बेलादेखि माछापुच्छे« बैंकको प्रधानकार्यालय पोखरामा रहने सहमति भएको विषयमा विन्ध्यबासिनी मन्दिर र होटल ग्राण्ड पोखरामा पोखरेली समाज अगाडि अध्यक्ष महतोले समेत प्रतिबद्धता व्यक्त गरी कबुल भएको कुरा रेकर्डिङ क्यासेट समेत बैंकमा सुरक्षित रहेको उल्लेख गर्दै सहमति तोड्दै एकाएक प्रधानकार्यालय काठमाडौमा सार्ने विषयमा उनले आपत्ति जनाएका हुन् ।

स्ट्याण्डर्ड फाइनान्स माछापुच्छे« बैंक गाभ्ने वेलामा भएको सहमती सम्पूर्ण शेयर होल्डरलाई बैकसँग मागेर अध्ययन गर्न समेत आग्रह गरेका छन् । पोख्रेलीहरुको गौरवको रुपमा रहेको माछापुच्छ«े बैंकको कार्यालय काठमाडौं सार्ने महतोको जिद्धीले समग्र पोख्रेलीको मन दुखेको विज्ञपत्तिमा उल्लेख गरिएको छ ।

विगतमा भएका सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कुनै एक मानिसलाई लक्षित गरी मर्ज प्रक्रिया भाँडी प्रधानकार्यालय काठमाडौ सारेर जगत हँसाउने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा केसीसहित संस्थाका संस्थापक तथा शेयरहोल्डर प्रेमकुमारी केसी, बन्दना कार्की लगायतले बिरोध जनाउँदै संयुक्त हस्ताक्षर गरेका छन् । साथै आफ्नो सहमति सहितको राय स्पष्टरुपमा माइन्युट गरी साधारणसभामा प्रस्तुते हुने वासलातमा समेत छापिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

कमेन्टहरु
Loading...