माछापुच्छे गाउँपालिकाको घाचोकमा पहिरोले पाईप बगाउदा १ सय घरधुरीमा खानेपानीको हाहाकार

पोखरा, १६ भदौ/ माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले गाउँमा ल्याईएको

खानेपानीको पाईप वगाउदा पीउने पानीको हाहाकार भएको छ । घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय

घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले वगाएको हो ।

ऐतिहासिक चमेरा गुफा समेत पहिरोले पुरेको छ । शुक्रवार राती ८ बजेको समयमा गएको पहिरोले पुरै गाउँमा

खानेपानीको चरम समस्या भएको स्थानीय प्रकाशमोहन पोखरेलले जानकारी दिए ।‘पहिरोमा परेर ४ मिटर जति

पाईप पुरै नष्ट भएको छ।हिजो वेलुका देखीनै धारामा पानी आउन वन्द भयो । गाउँमा खानेपानीको हाहाकार छ।’

पोखरेलले भने,‘गाउँपालिका तथा खानेपानी कार्यालयले खानेपानीको यथाशिघ्र व्यवस्थापनको लागि पाईप

उपलव्ध गराउनु आवश्यक छ।’

कमेन्टहरु
Loading...