लमजुङमा बाढीः ४ जनाको मृत्यु, ११ बढी बेपत्ता

लमजुङ, ८ साउन /उत्तरी लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ११ जना बढि बेपत्ता छन् । मृतकको सनाखत हुन भने सकेको छैन ।

‘एक्कासी बाढी आएपछि जलविद्युत आयोजना बनाउन काम गरिरहेका मजदुरलाई बाढीले बगाएको खबर आएको छ,’ दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ भने, ‘४ जनाको शव भेटिसक्यौं, अरु ११ जना भन्दा बढी बेपत्ता भएका छन्।’

लमजुङमा बाढीः ४ जनाको मृत्यु, ११ बढी बेपत्ता
लमजुङमा बाढीः ४ जनाको मृत्यु, ११ बढी बेपत्ता

हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि बाढी आउदाँ आयोजनाका कामदारहरू परेका हुन् । गुरुङले सबभन्दा धेरै लिबर्टी जलविद्युत आयोजनाका कामदार बाढीमा परेको बताए ।

अहिले लमजुङका प्रमुख जिल्ला अधिकारी सहित प्रहरीको टोली घटनास्थलमा गइरहेको छ । घटनास्थल सदरमुकाम देखी ४ घण्टा दुरीमा पर्दछ ।

कमेन्टहरु
Loading...