लुक्ला विमान दुर्घटना हुदाँ ३ जनाको मृत्यु

ओखलढुंगा, १ बैशाख /लुक्लामा शनिबार बिहान समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एनएएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा समिट एयरका कोपाइलट सुजित ढुंगाना र नेपाल प्रहरीका असइ रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो भने अर्का असइ रुद्रबहादुर खड्काको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको छ ।

लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको थियो । जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा समिटका एयरका रविनाथ रोकाय र मनाङका पाइलट टिवी गुरुङ घाइते भएका छन् । उनीहरुको उपचार काठमाण्डौको ग्राण्डी अस्पतालमा भइरहको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...