लायन्स क्लब अफ पोखरा हेरिटेजको सहयोग स्याङ्जाको वृद्धाश्रमलाई

पोखरा, २३ माघ/लायन्स क्लब अफ पोखरा हेरिटेजले स्याङ्जास्थित गुरुकुल वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । स्याङ्जा चिलाउनेबासमा रहेको वृद्धाश्रममा क्लबले चामल, तेल, दाल, नुन, आलु, फलफूल तथा गेडागुडी सहयोग उपलब्ध गराएको हो।

लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष सोबित पौडेलको नेतृत्वमा पुगेको टोलीले वृद्धाश्रममा सहयोग उपलब्ध गराएको हो । टोलीमा लायन्स क्लब अफ पोखरा पिस सिटीका पूर्वअध्यक्ष रिजन चेयरपर्सन सुदिपराज ढुंगाना, लायन्स क्लब अफ पोखरा पिस सिभिकका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पोखरा पिस सिभिकका अध्यक्ष लक्ष्मण श्रेष्ठ सहित लायन्स क्लब अफ पोखरा हेरिटेजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा पिस सिभिकका अध्यक्ष लक्ष्मण श्रेष्ठ, गुरुकुल वेद वृद्धाश्रमका संचालक समिति अध्यक्ष पूण्यप्रसाद तिमिल्सिना, प्राचार्य रामचन्द्र तिमिल्सिना लगाएतले बोलेका थिए । समाज र परिवारबाट अपहेलित भएर वृद्धाश्रममा आइपुगेका वृद्धवृद्धालाई सहयोग गर्नु पुण्यको काम भएको उनीहरुले उल्लेख गरे । लायन्सले बढाएको सहयोगी काम उदाहरणीय भएको उल्लेख गर्दै उनीहरुले अरुलाई पनि यस्तै सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिटीका चेयरपर्सन सुदिपराज ढुंगानाले वृद्धाश्रममा सहयोगी हात बढाएर ‘पोखरा हेरिटेज’ले निकै राम्रो काम गरेको प्रतिक्रिया दिए । क्लबका सचिव शिव सुवेदीले संचालन गरेको कार्यक्रममा लायन कुमार आचार्यले ध्वजा अभिभावदन गरेका थिए भने क्लबका कोषाध्यक्ष नारायण खनालले स्वागत गरेका थिए । त्यस्तै क्लबका सदस्य अशोक पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...