लेखनाथमा इलाका प्रशासन कार्यालय सञ्चलनमा

सागर राज तिमिल्सिना
पोखरा, ३० जेठ /कास्कीको लेखनाथमा इलाका प्रशासन कार्यालयको संचालन गरि सेवा सुरु गरेको हो । इलाक प्रशासन कार्यालयको गृहमन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गरे । लेखनाथ १२ खुदीको ढुङ्गेपाटनमा स्थापना भएको कार्यालबाट लेखनाथ १२ की अस्मिता ओझालाई नागरिकता प्रदान गर्दै उद्घाटन गरे । लेखनाथ नगरपालिका सहित आसपासका ६ गाविसमा सेवा प्रदान गर्ने गरी कार्यालय सञ्चालनमा आएको हो ।

लेखनाथ नगरपालिका सहित थुम्की, सिद्ध, हंशपुर, देउराली, माझठाना र रुपाकोट गाविसका बासिन्दा प्रशानिक कामका लागि पोखरा धाउनु पर्ने छैन ।  कार्यालयको लागि स्विकृत दरबन्दी १० जना भए पनि ३ जनाबाट काम थालेको इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिए । तेस्रो श्रेणीका एक जना शाखा अधिकृत, चार जना नायब सुब्वा, एक जना सह लेखापाल, सहायक कम्प्युटर अपरेटर एक जना तथा करार सेवाबाट दुई जना कार्यालय सहायक र अर्का एक गरी १० जना कर्मचारीको दरबन्दी रहेको छ ।

 इलाका प्रशासन कार्यालय लेखनाथ
इलाका प्रशासन कार्यालय लेखनाथ

कार्यालयमा तिन वटा शाखा रहनेछन् । स्थानिय प्रशासन तथा शान्ति सुरक्षा, नागरिकता, राहदानी, गुनासो तथा द्धन्द व्यवस्थापन लेखा शाखा गरी तीन शाखा स्थापना गरी इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याएको छ । गृहमन्त्री शक्ति बहादुर बस्नेतले नेपालमा आन्दोलनबाट प्राप्त उपलव्धिलाई रक्षा नगर्दा पटक पटक आन्दोलन हुने गरेको बताए । उनले संविधानबाट पाएका उपलव्धिलाई संस्थागत गर्नु नै अहिलेको सरकारको प्रमुख उद्देश्य रहेको बताए । उनले इलाका प्रशासन कार्यालय मात्रै नभएर सेवा केन्द्र नै सञ्चालन गर्ने बताए । कार्यक्रममा सभासद्हरु रविन्द्र अधिकारी, यज्ञ बहादुर थापा, सरदा पौडेल, जिवन परियार, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइराल लगायतले शुभकामना दिएका थिए ।

लेखनाथ १२ खुदीको ढुङ्गेपाटनमा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट लेखनाथ १२ की अस्मिता ओझालाई नागरिकता प्रदान गर्दै गृहमन्त्री शक्ति बहादुर बस्नेत ।
लेखनाथ १२ खुदीको ढुङ्गेपाटनमा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट लेखनाथ १२ की अस्मिता ओझालाई नागरिकता प्रदान गर्दै गृहमन्त्री शक्ति बहादुर बस्नेत ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले स्थानियको अबश्यकता अनुसार कार्यालय स्थापना गरिएको भन्दै सेवाग्राहीले सहज सेवा पाउने विश्वास ब्यक्त गरे । गृह मन्त्रालयले गत बर्षको कार्तिक २९ गते इलाका प्रशासन कार्यालय सञ्चालनको लागि स्विकृत प्रदान गरेपछि सामान्य प्रशासन मन्त्रालयले दरबन्दी स्विकृत गरी पठाएको थियो । कार्यालयबाट नागरिकता, राहदानी लगायत जिल्ला प्रशासनबाट दिने सामान्य सेवाहरु प्रदान गर्ने छ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि पोखरा स्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्रहीको चाप कम हुने मैनालीले बताए ।

कमेन्टहरु
Loading...