लेखनाथमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री घाइते

पोखरा, ११ फागुन /लेखनाथ नगरपालिका ५ कालिका चोकमा ग ४ प ७९२० नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक जना घाइेत भएका छन् ।

पैदलयात्री लेखनाथ नगरपालिका ३ का ६० वर्षिय शिव बहादुर कार्की घाइते भएका हुन् । उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भएको छ । उनलाई टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...