लेकसाइडको होटलमा युवती बलात्कार आरोपमा ४ जना पक्राउ

पोखरा, ३ बैशाख /पोखरामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । तनहुँ भिमादका चार जनालाई पक्राउ परेको हो प्रहरीले जानकारी दिएको छ ।

धादिङ घर भई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने २२ बर्षिय युवतीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पोखराको लेकसाइडमा रहेको एकक क्लबमा गएकी युवतीलाई लेकसाइडकै एक होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको को को हुन् भन्ने बारेमा प्रहरीले नाम भने खुलाएको छैन ।

कमेन्टहरु
Loading...