लेकसाइडका प्रहरीको छापाः ६ विदेशी र ३ नेपाली नियन्त्रणमा

पोखरा, ११ चैत /पोखरा लेकसाइडको खहरेमा रहेको दी अफिस रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा पक्राउ परेका मध्ये ९ जनालाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाह कमाण्डको टोलीले आइतबार राती छापा मार्दा ४२ विदेशी र १६ जना नेपालीलाई प्रहरीले पक्राउ परेका थिए । ५८ जना पक्राउ परेका मध्ये प्रहरीले केहीलाई राती २ बजे नै छाडी दिएको थियो भने केहीलाई सोमबार विहान छाडेका हो ।

प्रहरीले राती ९ बजे देखी ११ बजे सम्म उनीहरुलाई पक्राउ गरेको थियो । गाजाँ र चरेश जस्तै देखी लागूऔषध भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्रमान गुरुङले जानकारी दिए । विदेशीले नेपालीहरुले सेवन गरेको उनले बताए ।

उनीहरुको साथबाट २ सय ६० ग्राम लागूऔषध भेटिएको उनले बताए । के हो भन्ने बारेमा परीक्षणका लागि काठमाडौं पठाएको उनले बताए । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको उनले जानकारी दिए ।

एकै पटक धेरै पक्राउ पर्दा प्रहरी दौडा दौड

आइतबार राती प्रहरीले छापा हानेर धेरै जनालाई पक्राउ पर्ने परेपछि पुलिसको गाडीलाई दौडा दौड भएको थियो । प्रहरीले दुई वटा भेनबाट पक्राउ परेका व्यक्तिहरुलाई बैदाम लगेपनि नसके पछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ट्क नै पठाएको थियो । सबै जना एकै ठाउँमा नअटाए पछि बैदाम चौकी, बगर र रामबाजरमा राखेको थियो ।

कमेन्टहरु
Loading...