लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप

पोखरा, २१ असार /सरकारले पोखराको लेकसाइडलाई २४ सै घण्टा सञ्चालन गर्ने बताए पछि व्यवसायीहरु उत्साहीत देखिएका छन् । गृहमन्त्री जनार्दन शर्माले ‘गृह प्रशासन सुधार मार्गचित्र’ सार्वजनिक गर्दै लेकसाइडसहित मुख्य पर्यटकीय क्षेत्र चौबिसै घन्टा खुला रहने घोषणा गरे ।

हुन यस भन्दा पहिलो पनि लेकसाइडलाई २४ सै घण्टा सञ्चालनमा ल्याउन घोषण नभएको होइन तर मन्त्रीस्तरबाट पहिलोपटक घोषणा भएको हो । गृहमन्त्रीको घोषणाले सुरक्षा व्यवस्था अहिलेको तुलनामा केही चुस्त हुनेमा विश्वस्त भए पनि लेकसाइडलाई चौबिसै घण्टा खुला राख्न अवसर र चुनौती दुबै रहेको व्यवसायीहरु बताउ छन् । व्यवसायीले २४ सै घण्टा सेवा सुरु गर्नु पहिले पोखरा बाहिरी सहरहर सगँ हवाइ र सडक सञ्जालले जोड्नु आवश्यक रहेको बताउ छन् ।

पोखरा सडकबाट पोखरा आउन चाहनेलाई राम्रो सडकको सुविधा हुनु पर्ने रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल रेबान पोखराका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईले बताए । प्याराडाइज स्र्पोट बारका सञ्चालक समेत रहेका भट्टराईले पोखरामा राती पनि विमान उठाउने व्यावस्था हुने पर्ने बताए । होलीडे मानउन पोखरामा अन्य सहरबाट आउन चाहानले सडक र हवाई दुबै क्षेत्रबाट सजिलै आउन सकने हुने पर्ने बताए ।

लेकसाइडलाई चौबिसै घन्टा खुलाउन सुधारको आवश्यकता रहेको उनको भनाई छ । उनले अहिले भइरहेको सिसिटिभी र सौर्य सडकबत्ती बढाउनुपर्ने, पोखरा भित्रिने पर्यटकलाई गन्तव्यसम्म पुग्न नगर यातायातको सुविधा थप्नुपर्ने बताए । व्यवसायीले आन्तरिक सुरक्षा, कर्मचारीको व्यवस्थापन गर्न सक्नु सबैभन्दा बढी चुनौती रहेको उनले बताए ।

‘लेकसाइडलाई चौबिसै घन्टा खोल्ने भनेर यसअघि पनि स्थानीय तहमा निर्णय भएको हो, तर, कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘एकजना सुरक्षा प्रमुखले गरेको निर्णय अर्कोले कार्यान्वयन नगर्दा पनि लागू नभएको हो । राज्यले साँच्चै चाहेको हो भने लागू हुनसक्छ । तर, अहिलेकै अवस्थामा नभई सुधार गर्नुपर्छ ।’

अर्का व्यवसायी वैभव पौडेलले ‘पर्यटकीय क्षेत्र चौबिसै घन्टा सञ्चालन गर्नु निकै राम्रो हो । तर, अहिलेको परिस्थितिमा लेकसाइडलाई चौबिसै घन्टा खुला राख्न सहज छैन,’ उनले ‘सरकारले सुरक्षा व्यवस्था त मिलाउला । तर, व्यवसायीका आफ्नै समस्या छन्, जुन निकै अप्ठेरा छन् ।’ दक्ष जनशक्ति अभाव, पाहुना आगमन नबढ्दा आम्दानी घट्नु, कामदार व्यवस्थापन मुख्य समस्या रहेको उनले बताए ।

पोखरा लेकसाइडमा रहेको व्यञ्जन रेष्टुरेण्ट एण्ड बारका सञ्चालक समेत रहेका पौडेलले मध्यरातमा रेस्टुरेन्ट आउने पाहुना हुँदैनन्, अनि कर्मचारी राखेर मात्र अर्थ रहँदैन,’ उनले भने, ‘अहिले त राति ११ बजेपछि प्रहरी नै रेष्टुरेण्ट बन्द गराउन आइपुग्छ ।’ उनका अनुसार अहिले रेस्टुरेन्टमा आठ घन्टाको दरमा दुई ‘सिफ्ट’मा कामदार रहन्छन् । चौबिसै घन्टा खुलाउँदा बढाएर तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाहुना अभाव भएर आम्दानी घटिरहेका बेला कामदार बढाउँदा व्यवसायीलाई आर्थिक भार थपिने उनले बताए ।

पौडेलको अनुभवमा चौबिसै घन्टा खुलाउँदा रेस्टुरेन्ट व्यवसायी खुसी भए पनि होटल व्यवसायी दुःखी हुनेछन् । कारण–होटलमा बसेका पाहुनालाई रेस्टुरेन्टमा हुने आउजाउ र हल्लाले बाधा पार्नेछ ।

होटल बाराहीका म्यानेजर राजकुमार केसी ठूला होटलले अहिले नै चौबिसै घन्टा सेवा दिएको बताए । होटल खुले पनि होटलभित्रै सञ्चालित रेस्टुरेन्टमा भने राति अबेर आएका पाहुनाले चाहेको खाना नपाउने उनले बताए । ‘राति अबेर आउँदैमा पाहुना भोकै बस्नुपर्ने होइन, तर सामान्य अवस्थामा जस्तो चाहेको खाना राति अबेर आउने पाहुनाले पाउँदैनन्,’ केसीले भने, ‘चौबिसै घन्टा एकैनासको सेवा कसैले दिन सक्दैन । विदेशमा पनि अबेर रातको भिन्दै ‘मेनु’ हुन्छ ।’

ठूला होटलले रातभर सीमित सुविधा दिए पनि लेकसाइडमा सबै होटलले अबेर आउने पाहुनालाई सेवा दिन नसकेको उनले बताए । ‘साना होटलले राति अबेर खानासमेत दिन सक्दैनन्,’ उनले भने, ‘त्यसैले होटलभन्दा पनि अब चौबिसै घन्टा रेस्टुरेन्ट खुलाउन सक्नुपर्छ ।’

कमेन्टहरु
Loading...