लेखनाथको बेगनास ताल किनारमा माछा महोत्सव

पोखरा, ९ जेठ /पोखराको बेगनास ताल किनारमा माछा महोत्सवको तयारी गरिएको छ । ७ तालको बगैचा शरहले परिचित लेखनाथमा उत्पादन भएका माछाका बिभिन्न परिकारको साथै स्थानीय कला संस्कृति, कृृषि उत्पादन समेत पस्कीने गरि पाँचौ बेगनास फिस फेष्टिवल तथा कृषि व्यापार मेला आयोजना भएको हो ।

होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथ र जिल्ला मत्स व्यवसायि समितिको आयोजनामा जेठ १३ गते देखि २० गते सम्म माछा महोत्सव हुन लागेको हो । महोत्सवमा बिभिन्न जातका माछाका परिकार प्रमुख आकर्षणरुपमा रहने छन् । महोत्सवमा व्यवासयीक माछापालन गर्ने किसानका लागि जानकारी मुलक स्टल समेत राखिने महोत्सवका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले बताए ।

बेगनास ताल र रुपा तालमा २३ प्रजातीका माछा पाइन्छ । स्थानीय जातका माछा संरक्षण गर्ने उद्देश्यले समेत महोत्सवको आयोजना भएको प्रचारप्रसार उपसमिति संयोजक दामोदरभक्त थापाले बताए । देशकै दोस्रो पयीटकीय शहर पोखरासंगै जोडिएको साविक लेखनाथ नगरपालिका आउने पर्यटक मध्य २० प्रतिशत पर्यटक मात्र बेगनास पुग्नेस्थानीय पर्यटन व्यवसायी बताउछन् ।

ती मध्ये पनि १० प्रतिशत पर्यटक मात्र त्यही बस्ने गरि जाने गरेको स्थानीय होटल ब्यवसायी समेत रहेका थापाले बताए । यहाँ प्रत्येक बर्ष थपीदै गएका सुबिधा सम्पन्न होटलको कारण पर्यटक आगमन बढ्दै गएको उनले सुनाए । महोत्सवले पर्यटन विकासमा सघाउँ पु¥याउने आयोजकको विश्वास छ ।

महोत्सव संचालनकालागि २५ लाख खर्च लाग्ने र २८ लाख आम्दानी हुने आयोजकको विश्वास छ । बचत भएको रकम बेगनास ताल संरक्षण र सामाजिक कार्यमा खर्च गरिने होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गा अधिकारीले बताए ।

कमेन्टहरु
Loading...