लेक लागेर मनाङमा काँग्रेस सह संयोजक अधिकारीको निधन

पोखरा, ७ कार्तिक/मनाङको तिलिचो ताल घुम्न गएका पोखराका एक युवाको लेक लागेर निधन भएको छ । नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको निधन भएको हो ।

घुम्नका लागि मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीको भनाई छ ।

तिलिचोमा लेक लागेपछि उनलाई हेलिकोप्टरबाट मनिपाल शिक्षण अस्पताल ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् ।

कमेन्टहरु
Loading...