पोखरा लेकसाइडबाट लागूऔषध सहित ४ जना पक्राउ

फाइल तस्बिर

पोखरा, १५ असोज / पोखरा महानगरपालिका ६ खहरे स्थित एक होटलबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम र लागूऔषध संघिय व्यूरो पोखराबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ९ पृथ्बीचोक बस्ने २२ बर्षिय हसिद नसिब अख्तरअली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ बर्षिय मिजोराम नियाना, जिल्ला पर्सा घर भई हाल पोखरा ९ पृथ्बीचोक बस्ने २८ बर्षिय सहिद अख्तर मियाँ, जिल्ला तनहुँ शुक्लागण्डकी ९ बस्ने २३ बर्षियकी रजिया खातुनलाइ पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन, प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत फेला पारि बरामद गरेको हो । पक्राउ परेका सबै जनालाई प्रहरीले थप अनुसन्धान गरी कारबाहि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कमेन्टहरु
Loading...